Logo

पार्टीभित्र सल्केको कोरोनाभाइसर !


Published On : 17 March, 2020

किसुनजीको धारणा थियो, सुवर्णशम्शेरले वाध्यात्मक परिस्थितिमा भारतमा बसेर नेपालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको नेतृत्व गर्नु परेको थियो । बीपी कोइरालालाई त्यस्तो वाध्यता थिएन, उनले जेलबाट छुटेपछि देशभित्रै बसेर आन्दोलनको नयाँ ढंगले विकास गर्ने प्रयास गरेको भए त्यसको आधार, ओजन र स्वरुप बेग्लै हुने थियो र राष्ट्रियताको धार पनि थप प्रखर बनेर स्थापित हुने थियो । कोइरालाजीबाट भारतमा शरण लिन जाने गंभीर गल्ती गरेकाले कांग्रेसलाई अराष्ट्रिय तत्व घोषित गर्नेहरुको आरोपको औचित्य पुष्टि भएको र कांग्रेस राष्ट्रियताका सवालमा फेरि एकपल्ट प्रतिरक्षात्मक बन्नपुगेको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा कोइरालाको जनमानसमा जुन लोकप्रिय छवी थियो, त्यसमाथि जनताले निर्वाचित गरेकै कारण राजाको कोपभाजनको शिकार बनेर आठ वर्षसम्म जेलको नारकीय यातना झेल्न वाध्य हुनुपरेको घटनाले उत्पन्न गरेको प्रत्यक्ष तथा परोक्ष सहानुभूति उनका पक्षमा थियो । त्यत्ति मात्र होइन, २००७ सालको क्रान्तिमा उनको योगदानलाई पनि जनताले भूलेका थिएनन् । जसरी सातसालको क्रान्तिको नेतृत्व गरेको प्रचारको लाभ बीपी कोइरालालाई २०१५ सालको निर्वाचनमा मिलेको थियो, त्यसैगरि देशभित्र बसेर शान्तिपूर्ण आन्दोलनको विकासमा लागेको भए ढिलै सही जनताले कोइरालामाथि जेलमा थुनेर राजाले अन्याय गरेका हुन् भन्ने आक्षेपको लहर चल्ने थियो र त्यो प्रजातन्त्र पुनस्र्थापनाका लागि ठूलो सम्पत्ति बन्नसक्ने थियो । त्यो अवसर कोइरालाजीले गुमाएकाले प्रजातान्त्रिक आन्दोलन र कांग्रेसले त्यस अवधिमा ठूलो क्षति व्यहोर्नु परेको गुनासो उनको पछिसम्म रहने गरेको थियो ।

माथवरसिंह बस्नेत

जेठा मामाको त्यो गति भएपछि कान्छा मामाको भाङ्ग्राको धोती हुनु अस्वभाविक होइन । कांग्रेसका त्याग र तपस्याका प्रतिमूर्ति, जसको योगदानको बखान गरेर तिनका नेताहरु कहिलै थाक्दैनन् । तर उनीहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको जन्मदिन र पुण्यतिथि याद राख्न भने चाहँदैनन् । गणेशमान फाउनडेसनले कमसेकम ती दुवै अवसरमा शोभाभगवतीस्थित प्रतिमासम्म पुगेर माला पहि¥याउने कर्तव्य निर्वाह गर्न छाडेको छैन, किसुनजीको सम्झनामा त्यत्ति पनि हुन छाडेको छ भनेको सुन्दा कसैलाई ग्लानी भएको देखिएको र सुनिएको छैन । यस्तो सम्वेदनाहीन संस्कार र संस्कृतिको चकचकिले भोलि केपी शर्मा ओलीको पनि त्यही अवस्था नहोला भन्न सकिन्न । सबै पार्टीभित्र नेतृत्वबाट लाभ उठाउन पाएसम्म नेताको गुनगान गाउने, त्यो मिसन पूरा भएपछि भुसुक्कै बिर्सने प्रवृत्ति, कोरोनाभाइरसको त्रासदी बनेर फैलिरहेको छ ।

राजाको ०१७ साल पुस १ गतेको कदमले अवरुद्ध बन्नपुगेको प्रजातान्त्रिक प्रक्रियालाई पुनः सुचारु तुल्याउन क्रमिक सुधार हुँदैजाने विश्वासमा सुवर्णजीले राजालाई राष्ट्रियताका सवालमा सहयोग गर्ने प्रतिवद्धता र बीपी कोइरालाको जहाँ शान्तिपूर्ण आन्दोलन संभव हुँदैन, त्यहाँ सशस्त्र संघर्ष अपरिहार्य हुन्छ भन्ने विचारका कारण कांग्रेस, पहिले नै ती दुई लाइनमा विभाजित थियो । देशभित्रै बसेर आन्दोलन गर्ने किसुनजीको तेश्रो लाइन आएपछि कांग्रेस चार टुक्रामा विभाजित भएको मान्नथालिएको थियो । चौथोचाहिँ यसकारण कि सूर्यप्रसाद उपाध्यायको अलग लाइन २०१८ सालदेखि नै चल्दै आएको थियो । तर किसुनजीले आफ्नो लाइनलाई तेश्रो धारका रुपमा कहिलै व्याख्या नगरेका मात्र होइनन्, प्रत्यक्षमा बीपी, सुवर्णजी र सूर्यबाबुका लाइनको पनि आलोचना गर्नबाट बचेर हिड्ने गरेका थिए । अर्को शब्दमा भन्नुपर्दा उनी आफूलाई गुटबन्दीको खिचातानीमा सामेल तुल्याउन चाहँदैनथे । राजाको सक्रिय भूमिका र निर्दलीय पंचायतको अराजनीतिक स्थान र स्थितिप्रति निर्मम प्रहार गर्न भने चुक्दैनथे । त्यही कारण कहिलेकाहिँ पंच र कम्युनिष्टलाई यो भ्रम पर्न पुग्थ्यो कि उनी कांग्रेसभित्र अलग धार निर्माण गर्न लागिरहेका छन् । नेपाल बिद्यार्थी संघका प्रमुख नेताहरु, जो जेलबाहिर हुन्थे, उनीहरु किसुनजीका अघिपछि झुम्मिरहने गरेका देखिने भएकाले पनि मानिसहरुमा त्यस्तो छाप परेको थियो । हुन पनि उनीहरुका कुनै पनि कार्यक्रममा नबिराइकन प्रमुख अतिथि बन्नपुग्नेहरुमा किसुनजी एक मात्र सर्वसुलभ नेता थिए । सत्रसालपछि हुर्केको नयाँ पुस्ताका युवा नेताहरुलाई उनको विनोदी स्वभाव र बौद्धिक प्रतिभाले आकर्षित गथ्र्यो भने, उनी पनि युवा नेताहरुको जमातमा घुलमिल भएर उर्जाप्राप्त गर्ने अवसर गुमाउन चाहँदैनथे ।

किसुनजीको प्रवासमा नजाने, स्वदेशमै बसेर संघर्ष गर्ने निर्णयले देशको बौद्धिकजगत– जसमा प्राध्यपक, शिक्षक, वकील, चिकित्सक तथा स्वतन्त्र व्यवसायीहरु पर्दथे । उनीहरु उत्साहित पनि थिए, किनभने उनको उपस्थितिले त्यसअघि टुहुरोजस्तो देखिने प्रजातान्त्रिक आन्दोलनले एक जिम्मेदार नेताको नेतृत्व प्राप्त गर्ने भएको थियो । त्यसैगरि काठमाडौंस्थित कुटनीतिकजगतले पनि राहतको अनुभव गरेका थिए । पश्चिम युरोपका दूतावासका कुटनीतिज्ञहरुलाई आफ्नो देशको राजनीतिक नेतृत्वले बरोवर नेपालको प्रजातान्त्रिक आन्दोलनका बारेमा जानकारी प्राप्त गर्न खोज्ने । तर प्रतिवन्धित दलका प्रमुख नेताहरु राजधानीमा उपलब्ध नहुने र भए पनि संपर्क गर्न कठिनाइ हुने भएकाले किसुनजीको स्तरका नेता, उपलब्ध भए भने संपर्क गर्न मात्र होइन, कतिपय समाचारको आधिकारिकताको तत्कालै पुष्टि गर्न समेत सहज हुने भएकाले उनीहरु विभिन्न माध्यमबाट त्यस्ता नेताहरुको सम्पर्कमा रहन्थे । त्यो स्तरमा हुने सम्पर्क र सम्वन्धको आदान प्रदानबाट कांग्रेसलाई प्रजातन्त्रका लागि उसको नेतृत्वमा हुने गरेको कठोर संघर्षप्रति विश्वको ध्यानाकर्षण गराउन ठूलो सहयोग पुग्ने गरेको थियो । त्यसअघि त्यस्तो सम्पर्क सूत्र, अनौपचारिक थियो, आधिकारिक थिएन ।

किसुनजीको देशभित्रै बसेर संघर्ष गर्ने निर्णयको मूल्य उनले २०२९ सालदेखि २०३२ सम्म जेल बसेर चुकाउनु परेको थियो, त्यसको चोखो लाभ पनि कांग्रेसले नै उठाएको थियो । २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह, आठ वर्ष लामो भारतको प्रवासकाल त्यागेर राष्ट्रिय एकता र मेलमिलापको नीति र कार्यक्रम अख्तियार गरेर स्वदेश फर्केका र राजाको सरकारले उनीहरुलाई सोझै सुन्दरीजल जेलमा पु¥याएर स्वागत गर्दा कांग्रेस नेतृत्वमा जुन भ्याकुम पैदा भयो, स्वभाविक थियो, त्यो ग्याप भर्ने काम किसुनजीको उपस्थितिले गरेको थियो । त्यही कारण उनी कार्यवाहक सभापति नियुक्त भए र अस्तव्यस्त अवस्थामा पुगिसकेको कांग्रेसको संगठन– नेटवर्कलाई पुनः संगठित गरेर त्यसपछिका अनेक प्रकारका राजनीतिक उतारचढाव व्यहोर्दै ऐतिहासिक परिवर्तनको वाहकको भूमिकामा उचाल्न समर्थ तुल्याउनु, सामान्य योग्यता र क्षमताले सकिने विषय थिएन । त्यस्ता असंभवलाग्ने कामलाई संभव तुल्याउन सबैलाई विश्वासमा लिन र दिलाउनसक्ने सन्तभावले काम गर्ने निष्काम कर्मयोगीको खाँचो थियो । त्यो अभाव किसुनजीले पूरा गरेका थिए ।

बीपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह तब सर्वमान्य नेता बन्नपुगेका थिए, जब निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापनाका लागि कम्युनिष्टसंग मिलेर संयुक्त आन्दोलन गर्ने सिंहको प्रस्तावलाई किसुनजीले समर्थन गरेपछि त्यो कांग्रेसको एजेन्डा बन्नपुगेको थियो । त्यसको पहिलो प्रयोग, २०४२ को सत्याग्रहमा भएको थियो । त्यो पूर्वाभ्यासलाई अझ परिमार्जित गरेर २०४६ सालको जनआन्दोलनमा सफल प्रयोग भयो । फलस्वरुप राजाको सक्रिय नेतृत्वको निर्दलीय पंचायत व्यवस्थाको अन्त्य भएर प्रजातन्त्रको पुनस्र्थापना संभव भएको हो । नेपालबाट निर्दलीयताको अवरोध हटाउनु भनेको आधुनिक युगको उदार प्रजातन्त्र अपनाएर आफ्नो भाग्य र भविष्यको निर्माणको नियतिसंग साक्षात्कार गर्ने समान अवसर सबैलाई उपलब्ध गराएको थियो ।

त्यस्तो युगान्तकारी परिवर्तनका सर्वमान्य नेता गणेशमान सिंह र उनको रथका सारथि कृष्णप्रसाद भट्टराईको अहिले कांग्रेसमा स्थान र स्थिति के छ ? किन उनीहरुका जन्मदिन र मरण दिनको सम्झना गर्न पनि कांग्रेसमा कञ्जुसी गरिन्छ ? किन मिडियाले सम्झाइदिएपछि मात्र झल्याँस्स हुन्छ– कांग्रेस ? गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेसभित्र उनीहरुका विचार र दृष्टिकोणलाई बोकेर हिड्ने आफ्नो बेग्लै ग्रुप बनाएनन् । उनीहरुले सबै कांग्रेसलाई आफ्ना र आफूलाई सबैका तुल्याए । एक पटक नेपालका अराजक चिन्तक तथा अथक अध्येता प्रदीप गिरीले भनेका थिए, “किसुनजीले पार्टीलाई आफ्नो घर र कार्यकर्तालाई परिवारका सदस्य मान्नुभयो, गिरिजाप्रसाद कोइरालाले आफ्ना परिवारका सदस्यलाई नै पार्टी ठान्नुभयो ।” त्यो टिप्पणी कांग्रेसमा कति सही र सटिक सावित भएको छ, निकट अतीतका घटनाले पुष्टि गरेकै छ ।

जेठा मामाको त्यो गति भएपछि कान्छा मामाको भाङ्ग्राको धोती हुनु अस्वभाविक होइन । कांग्रेसका त्याग र तपस्याका प्रतिमूर्ति, जसको योगदानको बखान गरेर तिनका नेताहरु कहिलै थाक्दैनन् । तर उनीहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको जन्मदिन र पुण्यतिथि याद राख्न भने चाहँदैनन् । गणेशमान फाउनडेसनले कमसेकम ती दुवै अवसरमा शोभाभगवतीस्थित प्रतिमासम्म पुगेर माला पहि¥याउने कर्तव्य निर्वाह गर्न छाडेको छैन, किसुनजीको सम्झनामा त्यत्ति पनि हुन छाडेको छ भनेको सुन्दा कसैलाई ग्लानी भएको देखिएको र सुनिएको छैन । यस्तो सम्वेदनाहीन संस्कार र संस्कृतिको चकचकिले भोलि केपी शर्मा ओलीको पनि त्यही अवस्था नहोला भन्न सकिन्न । सबै पार्टीभित्र नेतृत्वबाट लाभ उठाउन पाएसम्म नेताको गुनगान गाउने, त्यो मिसन पूरा भएपछि भुसुक्कै बिर्सने प्रवृत्ति, कोरोनाभाइरसको त्रासदी बनेर फैलिरहेको छ । त्यो महामारीको रोकथाममा कोही अग्रसर भएको देखापरेको छैन । उपाय गर्दागर्दै त फैलेको फैल्यैछ, उपचार पनि गर्न छाडेपछि त्यो रोगबाट कसले बचाउला ?

प्रतिक्रिया दिनुहोस्