Logo
Logo

जापानमा नेपाली नयाँ वर्ष भव्यताका साथ मनाइँदै 


1.1k
Shares

टोकियो । जापानको क्योतो शहर नेपालीहरुले नेपाली नयाँ भव्यताका साथ मनाउने भएका छन् । गोर्खा ब्रोदर्स नेपाली समाजले नेपाली नयाँ वर्षको अवसरमा  आगामी शनिबार शुभकामना आदानप्रदान, सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

जापानका विभिन्न सहरहरू क्योतो, ओसाका, कोबे, नारा, सिगामा बस्दै आएका नेपाली समुदायहरूलाई लक्षित गर्दै क्योतो ब्रोदर्सले क्योतो सहरमा पहिलो पटक यस्तो इभेन्ट गर्न लागेको संयोजक भविन्द्र कुलुङ राईले जानकारी दिए । 

उनकाअनुसार जापानका विभिन्न सहरहरूबाट म्युजिकल ब्यान्ड, सोलो डान्स र कल्चरल डान्स लगायतका विभिन्न विधामा प्रस्तुति रहनेछ । 

उक्त कार्यक्रमलाई नमस्ते रेस्टुरेन्ट फुसिमी क्योतो, सिन्धु एजुकेशन फोउन्डेसन गोंगोबु काठमाडौं, गोर्खा दरबार रेस्टुरेन्ट सेन्बोन क्योतो, सोराई रेस्टुरेन्ट साइन क्योतो, दोकोमो सप कावारामची मारुतामाची, दिपज्योती रेस्ट्रोरान्ट लगायतका विभिन्न सस्ताहरूले सहयोग गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्