Logo
Logo

दम्भ र घमण्डबाट मुक्त हुन कम्युनिस्ट नेताहरुलाई झलनाथ खनालको सुझाव


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्म्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नेता खनालले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनसमेत कम्युनिस्ट नेताहरुलाई सुझाव दिएका छन् ।

वर्षको ११औँ महिनामा आइपुग्दा देशका वामपन्थी शक्तिहरू निकट आएका छन, संयुक्त सरकारमा सहभागी बनेका छन र जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएको घोषणा गरेका छन् । यो एउटा सकारात्मक राजनीतिक विकास हो । तर के देशको परिस्थितिलाई र कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन यति कुरा नै पर्याप्त छ त ?’ नेता खनालले भनेका छन्, ‘बिल्कुल छैन । त्यसका निम्ति सबै वामपन्थी समूहहरूमा ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ ।’

टुटफुट र विभाजनबाट २०८० को अन्तिम समयमा वामपन्थी सहकार्य तथा गठबन्धनको नयाँ सरकार बनेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

‘देशी विदेशी दक्षिणपन्थी शक्तिहरु अहिलेको गठबन्धन सरकारलाई पनि तोड्न चाहन्छन, उनीहरु त्यसमा लागिरहेका छन, हामी त्यस बारेमा सचेत बनौँ र मुलुक तथा जनताका ज्वलन्त समस्याहरु समाधान गर्दै समाजवादको दिशामा दृढ भएर अघि बढौं’ नेता खनालले शुभकामना सन्देशमा भनेका छन्, ‘यसरी अघि बढेको खण्डमा ८० को दशक कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगतिर र प्रगतिको दशक बन्न सक्छ ।’

उनले देशलाई समाजवादको बाटोमा लैजाने अवसर वामपन्थी नेतृत्वलाई आएको समेत ताएका छन् ।

प्रतिक्रिया दिनुहोस्