Logo
Logo

रुख काटेको आरोपमा गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा


189
Shares

पोखरा । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा–१६ स्थित सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ र सल्लाको रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।

बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्डका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको पाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए ।

वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ ।

पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध गत चैत २७ गते मुद्दा दायर गरिएको हे ।
खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्