Logo
Logo

एकैदिनमा २३ अर्ब बढी राजस्व संकलन



काठमाडौं । एकैदिनमा २३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गएको शुक्रबार मात्र २३ अर्ब २३ करोड रुपैयाँ राज्य कोषमा दाखिला भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनासर चालु वर्षको ९ महिनामा सरकारको कुल राजस्व संकलन ७ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९÷०८० भन्दा ६४ अर्ब २३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

चालु वर्ष सरकारले १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने महँत्वकाक्षी लक्ष्य लिएको छ । तर ९ महिना सकिदा कुल लक्ष्यको ५२.५८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । अब सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न बाँकी तीन महिनामा ६ खर्ब ५५ अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ ।

यो असम्भव जस्तै देखिन्छ । चैत महिना करदाताहरुले अग्रिम आयकरको ३० प्रतिशत अर्थात पुस समेतगरी ७० प्रतिशत राजस्व दाखिला गर्ने महिना हो । यो महिना आन्तरिक राजस्व विभागले मात्रै ७५ अर्ब १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर विभागले लक्ष्य भने भेट्न सकेन ।

९ महिनामा ७६ अर्ब ९२ करोड गैरकर राजस्व संकलन भएको छ । अनुदान शिर्षकमा २ अर्ब ७५ करोड जम्मा हुदाँ अन्य शिर्षकमा २२ अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ ।

यो अवधिमा सरकारको कुल खर्च ९ खर्ब ९ करोड २९ करोड भुक्तानी भएको छ । चालु शिर्षकमा ६ खर्ब ४४ अर्ब भुक्तानी हुदाँ विकास खर्च शिर्षकमा ९७ अर्ब भुक्तानी भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ ९१ खर्ब ४७ अर्ब भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्