Logo
Logo

सरकार गठनका लागि सुदूरपश्चिममा नयाँ गठबन्धनबाट नाउपाले दाबी पेश गर्ने


2.7k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

उनले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । तर, हालसम्म बसैले पनि नयाँ सरकार गठनका लागि दाबी पेश गर्न सकेका छैनन् ।

सत्ता समीकरण फेरिएपछि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्तिलाई नै मुख्यमन्त्री दिने गठबन्धनमा सहमतिभएको बताइन्छ । तर, दलहरुबीच नै विवाद हुँदा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा टुंगो लागिसकेको छैन् ।

नेकपा एकीकृत समाजवादीले पनि त्यहाँ मुख्यमन्त्री दाबी गरेको छ । यता नाउपा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

रञ्जिता पक्षका केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए ।

५१ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ४९ प्रदेशसभा सदस्य छन् । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पु¥याउन २७ सांसद चाहिन्छ ।

नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र सांसद डा.तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद अझै नसुल्झिएपछि नयाँ सरकार गठनका लागि दाबी पेश गर्न ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्