Logo
Logo

शहरी मन्त्रालयले माग्यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई कार्यकारी निर्देशक


390
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ ।

शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकले आजको मितिले २१ दिनभित्र आवेदन दिन भनेको हो ।

कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ ।

कार्यकारी निर्देशक पदको सेवा सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्