Logo
Logo

गृहमन्त्रीको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली


1.4k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा काठमाडौंमा ट्राफिक जनचेतना र्‍याली निकालिएको छ ।

ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । आईतबार बिहान सुन्धाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो ।

र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्