Logo
Logo

काठमाडौंको सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री


1.8k
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा सरकारले लिने प्रतिवद्धता जनाएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते सम्बोधन गर्नै उनले जतिखेर, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए ।

‘नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा बाचा गर्न चाहन्छु– यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ,’ उनले भने ।

आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्