काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने पक्का भएको छ । आइतबार बालुवाटारमा बसेको शीर्ष नेताबीचको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको भएको हो ।
यसअघि नै पनि सुदुरपश्चिममा नाउपालाई नेतृत्व गर्न दिने भद्र सहमति भएको थियो । तर आज भएको छलफलमा औपचारिक सहमति भएको नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।
सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो । नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उनी आजै धनगढी जाँदैछिन् ।














