Logo
Logo

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु


630
Shares

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । त्यस्तै ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङ पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्