Logo
Logo

कुमारी बैंकका भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने मौका



काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एक्कासि’ अफस सुचारु गरेको छ ।

डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आइफोन १५ जित्न सक्ने अफस सुचारु गरेको हो ।

यस अभियानमा सहभागी हुन ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ गतेसम्म रहेको बैंकले जानकारी दिएको छ । बैंकले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्