Logo
Logo

माइती गएकी शुभदेवीको गहुँ खेतमा विभत्स हत्या


494
Shares

घटनास्थल

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका– ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव हत्या भएको अवस्थामा धनुषाकै सहीदनगरमा फेला परेको हो ।

सहिदनगर नगरपालिका–४ ननुपट्टीमा रहेको माइती घर गएकी उनी हिजो (शनिबार) साँझ ७ बजेदेखि बेपत्ता भएकी थिइन् । तर, आज बिहान गहुँ खेतमा विभत्स अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए ।

शव फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवेनेश्वर तिवारी आफैँ घटनास्थलमा पुगेका छन् । तालिम प्राप्त कुकुरको सहयोगमा घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मण्डलको शरीरका विभिन्न भागमा गहिरो घाउचोट देखिएको छ । कुकुरले सुरुमा शव हेरेपछि मात्रै थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्