Logo
Logo

सुदूरपश्चिम मुख्यमन्त्री नागरिक उन्मुक्तिको दोहोरो दाबी


567
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेका छन् । नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले आइतबार फरक–फरक पार्टीको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका छन् ।

लक्ष्मणकिशोरले कांग्रेस र एकीकृत समाजवादी तथा कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।
लक्ष्मणकिशोरले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेको दाबी गरेका छन् । कैलाशले आफूलाई एमाले, माओवादी र स्वतन्त्र एक सांसदले पनि समर्थन गर्ने दाबी गरेका छन् ।

आफ्नो पार्टीका दुई सांसदले मुख्यमन्त्री दाबीगरेपछि अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । उनले प्रदेश प्रमुखको कार्यालयमा के भने खुल्न सकेको छैन । तर, उनले पत्रकारसँग कुरा गर्दै पार्टी एक ढिक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्