Logo
Logo

के-के हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय ?



काठमाडाैं । सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो । उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन् ।

सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ ।

त्यसैगरी अन्जान शाक्यलाई राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गरेको छ ।

अध्यक्षमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका सदस्य हुने भनिएको छ ।

मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्धविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूलाई सदस्य राख्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्