Logo
Logo

प्रहरीमा दुई एआईजी र एक डीआईजी पद रिक्त हुँदै



काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) यसैसाता अवकाशमा जाने भएका छन् ।

प्रशासन विभाग प्रमुख एआईजी मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारी र गण्डकी प्रदेशका डीआईजी विकाशराज खनाल अवकाशमा जान लगेका हुन् । चौधरी र खनाल वैशाख ६ गते अवकाशमा जाँदैछन् । ५६ वर्षीय उमेरहदका कारण उनीहरु अवकाशमा जान लागेका हुन् ।

प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी र एआईजीको उमेरहद ५६ वर्ष कायम छ । एआईजी भण्डारी वैशाख ४ बाट सेवा निवृत्त हुँदैछन् । तिनैजना उच्च अधिकृहरु आईजीपी बसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्