Logo
Logo

दाङमा माटोको ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु


156
Shares

काठमाडौं । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका छन् ।

आन्द्राभरैयाका चार जना बालक आइतबार दिउँसो बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अरु दुईजना गहिरो खाल्डोमा पुरिएका थिए । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्