
सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी डबल रावतलाई पराजित गर्दै बुमी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । उपाध्यक्षमा प्रकाशबहादुर शाही, तीर्थराज बोहरा सचिव, प्रदीप लामा खुला उपसचिव तथा मञ्जु रावल महिला उपसचिव निर्वाचित भएका छन् ।
अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।














