Logo
Logo

जसपाका पूर्वसांसद प्रमोद साह कुटिए, ३ जना पक्राउ



कामाठाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद प्रमोद साहमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार शनिबार राति साहसहित चार जनामाथि सर्लाहीकै हरिपुर नगरपालिका– ६ मा मादक पदार्थ खाएका युवाहरुको समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट पूर्व सांसद साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको टाउकोमा लाठी प्रहार भएकाले गहिरो चोट लागेको छ ।

आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थकेयरमा उपचार भएको थियो । त्यसपछि साह आफैँ थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका थिए । तर, चिकित्सकको सल्लाहबमोजिम उनी आज थप उपचारका लागि काठमाडौं आउन लागेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलगन ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हरिपुर– ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्