Logo
Logo

राप्रपाको प्रदर्शनमा घाइते भएका नेता डाँगीको निधन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत मंगलबार काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको निधन भएको छ ।

बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष समेत रहेका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको हो । राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो । उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ बजे पार्टी कार्यालयमा राखिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्