Logo
Logo

मन्थलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु



मन्थली । रामेछापको मन्थली नगरपालिका–७, मन्थलीघाटनजिक सोमबार टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रामेछापकै गोकुलगंगा गाउँपालिका–३, रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा परी दोलखाको तामाकोसी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ ।

बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल तामाकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्