Logo
Logo

कुमारी बैंकको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने



काठमाडौं । कुमारी बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले सोमबार सूचना जारर िगर्दै प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्ने जनाएको हो ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।वैशाख ११ गते अपराह्न ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ ।

क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्