Logo
Logo

सुदूरपश्चिममा रेशमको पक्षमा उभियो कांग्रेस, मुख्यमन्त्री बन्दै लक्ष्मण चौधरी



कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)काे रेशम चौधरी पक्षलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । लक्ष्मणकिशोरलाई आइतबार नै समर्थन जनाएको कांग्रेसले सोमबार औपचारिक निर्णय गरेको हो ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षले भने सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

एउटै पार्टीबाट दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले कुनै निर्णय लिएका छैनन् । मियाँले यस विषयमा कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्