Logo
Logo

घरमा आगो लाग्दा अछाममा दुई बालबालिकाको मृत्यु



काठमाडौं । आगलागीमा परेर अछामको मेल्लेखमा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका– ६ को षोडषामा सोमबार बिहान १० बजे स्थानीय खम्ब बोहोराको घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा परेर स्थानीय दीपक बोहराकी छोरी आठ वर्षीया छोरा भावना र रमेश बोहराका ६ वर्षीय छोरा गोपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

अभिभावक नभएको बेला खरले छाएको कच्ची घरमा अचानक आगो सल्किएपछि भित्र रहेका दुई बालबालिकाको मृत्यु भएको उनले बताए । आगलागीबाट घरसहित सम्पूर्ण सरसामानसमेत जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्