Logo
Logo

अख्तियारको निर्देशन लत्याउँदै टेलिकम, चार वर्ष अगाडिको डलरको भाउमा टेण्डर


504
Shares

काठमाडौं । नेपाल टेलकम लिमिटेडले नयाँ बिलिङको टेण्डर एसिया इन्फोले पाउनेगरी लिकालेको पाइएको छ । टेलिकमले नयाँ बिलिङका लागि यही गएको चैत १८ गते टेण्डर आह्वान गरेको थियो ।

साथै, टेलिकमले चार वर्ष अघिको अमेरिकी डलरको भाउमा टेण्डर आह्वान गरेको छ । जसले गर्दा यो टेण्डर नियतवस एसिया इन्फोले पाउनेगरी टेण्डर आह्वान गरिएको देखिन्छ ।

टेलिकम स्रोतका अनुसार टेण्डर डकुमेन्ट तयार गर्दा एक दर्जनभन्दा बढी कर्मचारीले हेरेरमात्र सदर हुन्छ । त्यसरी सदर भएको टेण्डर प्रस्ताव चार वर्षअघिकै डलर रेटमा राखिनुको मतलव ठेक्कामा विवाद सिर्जना गरेर पुरानै कम्पनीलाई दिन खोजिएको देखिन्छ ।

टेलिकमले टेण्डर आह्वान गरेको दिन (चैत १८ गते) अमेरिकी डलरको रेट एक रुपैयाँ बराबर १३३.७५ पैसा थियो । तर, टेलिकमले पूर्वप्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको पालामा नयाँ बिलिङ प्रणाली किन्न गरेको निर्णयकै मितिमा कायम एक डलरको ११८ रुपैयाँका भाउले टेण्डर निकालेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान विभागले समेत पत्र काटिसकेको स्रोतको भनाइ छ ।

यस्तै, टेलिकमले भने पुरानै बिलिङ प्रणालीबाट काम चलाइरहेको छ । जसले गर्दा वार्षिक अर्बौ रुपैयाँ गुमाइरहेको छ । पुरानो थोत्रो विलिङ सिस्टम परिवर्तन नगर्दा टेलिकमबाट चुहावट भइरहेको छ । यसै कारण सेवासमेत पटक पटक अवरुद्ध हुँदै आएको छ । गत मंगलबार पनि घण्टौँसम्म टेलिकमको सेवा अवरुद्ध भएको थियो ।

थ्रीजीेदेखि फोरजी सेवा र तामाको तारेदखि फाइबरबाट इन्टरनेट सेवामा रुपान्तरण भइसकेको अवूस्थामा पनि टेलिकमकोृ सेवा थोत्रो विलिङ सिस्टममा निर्भर छ । विलिङ प्रणाली आउटटेडेड भइसक्दासमेत टेलकिम व्यवस्थापनले नयाँ प्रतिस्थापन गर्नेतर्फ ध्यान दिएको छैन । जसले गर्दा सेवामा समेत अवरुद्ध हुँदै आएको छ ।

टेलिकमले नयाँ बिलिङ टेण्डरलाई लत्याएर हालको चिनियाँ सप्लायरसँग ६ वर्षको वार्षिक मर्मत गर्ने भनेर ढिलाइ गरेको छ । अख्तियारले समेत टेलिकमलाई बिलिङ प्रणाली सुधार गर्न निर्देशन गरिसकेको छ । तर, त्यसतर्फ टेलिकमले ध्यान दिएको छैन । उल्टै थोत्रो बिलिङ प्रणालीलाई मर्मत गर्ने भन्दै अख्तियारको निर्देशनलाई समेत लत्याएको छ ।

प्रतिक्रिया दिनुहोस्