Logo
Logo

नागढुंगा-नौबिसे सुरुङमार्ग ब्रेक थ्रु, सञ्चालनमा आउन अझै एकवर्ष लाग्ने


504
Shares

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको ब्रेक थ्रु (वारपार) भएको छ । सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्गको ब्रेक थ्रुको उद्घाटन गरेका छन् । यसअघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएपछि सबैभन्दा देशको पहिलो गाडी गुड्ने सुरुङमार्ग हुनेछ ।

वैशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङमार्ग ब्रेक थु्र गर्ने योजना सरकारले लिएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिएको थियो ।

सुरुङमार्गको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डलगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ नागढुंगा पुगेका थिए । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । जसको यसअघि नै ब्रेक थु्र भइसकेको छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्नेछन् । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

यो सुरुङमार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थु्र भएसँगै अब त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ । सवारी साधन गुड्नलायक भने एक वर्षपछि मात्र हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्