Logo
Logo

ग्लोबल आइएमइ बैंक र आइएमई ट्राभल्सको योजना: सरल किस्ताबन्दीमा भ्रमण



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको हो ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २ सय १० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्ड बाहक महानुभावहरूले आइएमइ ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने महानुभावलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्