Logo
Logo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमवार आयोजित एक समारोहका बिच सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तर)को २०८० चैत्र २३ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारीताका साथ कार्यक्षेत्रमा पूर्ण व्यावसायिकता र बफादार ताकासाथ आगामी दिनहरूमा समेत अझ बढी सक्रिय भई लाग्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तिको लागि कार्यक्षेत्रमा परिचालित हुँदा सदैव देश र जनताको लागि खटिएको छु, म जहाँ भए पनि ईमान्दारीताले काम कारबाही गर्न सक्छु र गर्छु भन्ने भावनाका साथ सकारात्मक सोच र इमानदारीपूर्वकता आफू जिम्मेवार भई मातहत कर्मचारी समेतलाई सोही अनुरूप परिचालन गर्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत र अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्