Logo
Logo

प्रहरीका दुई एसएसपी डीआइजीमा बढुवा



काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् ।

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो । अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्