Logo
Logo

डीआईजीद्वय जोशी र ढकाल एआइजी बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस भएका छन् ।

गएराति बसेको बढुवा समितिको बैठकले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआइजीद्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन् ।

भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन् । सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्