Logo
Logo

पोखरा महानगरपालिकाका इन्जिनियर बराल पक्राउ



काठमाडौं । पोखरा महानगरपालिकाको घरनक्सा शाखाका इन्जिनियर शिवराज बराल पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा अख्तियार अनुसन्धान आयोगको टोलीले बराललाई मंगलबार पक्राउ गरेको हो ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि मंगलबार साँझ उनलाई पक्राउ गरिएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले एउटै काममा पटक पटक घुस लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्