Logo
Logo

सहकारी ठगीमा रास्वपाकै नेताले उठाए संसदीय छानबिनको आवाज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको मागमा सहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सभापति रवि लामिछाने मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन माग्दा आफूहरु अलमलमा पर्न नहुने धारणा राखेका छन् ।

नेता कार्कीले संसदीय छानबिनको कुरा अर्को दलले उठाउँदा आफूहरुको विरुद्धमा भएकोजस्तो देखिएपनि अन्त्र्यमा त्यो मुद्दा रास्वपाको नै मुद्दा भएको दाबी गरेका छन् । उनले भनेका छन, ‘दुर्भाग्य, बिचमा केहि अलमल भएको छ । जसले गर्दा संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो बिरुद्दमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।’

शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने समर्थकहरु प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको पनि उनले उल्लेख गरेका छन् । नेता कार्कीले त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त नभएको र हरेक कोणबाट जाँचिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्