Logo
Logo

बीबीसीको दावी- युक्रेन यद्धमा ५० हजार रुसी सेना मारिए



काठमाडौं । युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको बीबीसीले जनाएको छ । सन् २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य हमला सुरु गरेको रुसले त्यो समययता ५० हजार सैनिक गुमाएको बीबीसीले दावी गरेको हो ।

बीबीसीले उक्त कुरा चिहान गनेर पत्ता लगाएको समेत जनाएको छ । बीबीसी रुसी सेवा, मिडियाजोनका कयौँ स्वयंसेवकले रुसभरिका ७० सैन्य चिहान क्षेत्रमा थपिएका चिहान गन्दा यस्तो पत्ता लगाएको उल्लेख गर्दै सो कुरा बीबीसीले पुष्टि गर्ने जनाएको छ ।

साथै, पहिलो वर्षभन्दा युद्धको दोस्रो वर्षमा रुसले धेरै सैनिक गुमाएको समाचारमा उल्लेख छ । दोस्रो वर्षमा २७ हजार ३०० रुसी सैनिक मारिएको बीबीसीले दावी गरेको छ ।

जसमध्ये वाग्नर समूहबाट मात्रै २२ हजार बढी लडाकु मारिएका छन् । मृत्यु भएका हरेक पाँचमा दुईजना रुसी सेनामा पहिले नजोडिएकासमेत रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्