Logo
Logo

इजरायली राजदूतले भेटे विपिनको जोशीको परिवार



काठमाडौं । नेपालका दागि इजरायली राजदूत हनान गोडेरले विपिन जोशीको परिवारलाई भेटेका छन् । गोडेररले विपिनका बाबु, आमा र बहिनिसँग बुधबार भेट गरेका हुन् । भेटका क्रममा विपिनका परिवारले विपिनलाई हमासको कैदबाट तत्काल रिहा गराउन आग्रह गरेका छन् ।

भेटका क्रममा राजदूत गोडेररले विपिनको शिघ्र र सुरक्षित स्वदेश फिर्ताको कामना गरेको छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलको ‘सेडट नेगेभु कलेजमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा पुगेको विपिन सहित ४९ जनालाई कलेज ६ समुह बनाएर विभिन्न कृषि फार्ममा राखेको थियो ।

कलेजले विपिन सहित १७ जनालाई प्यालेस्टाइनको गाजासँगै जोडिएको ‘किवुज अलुमिन’को फार्ममा राखेको थियो । यही समुहका १७ जना मध्ये १० जनाले हमासको आक्रमण ज्यान गुमाएका छन् ।

उनीहरू आक्रमण परेको, घाइते भएको खबर अन्य साथीहरूलाई गरेर विपिनले नै गुहार मागेका थिए । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट कञ्चनपुरका विपिन हमास समूहको कब्जामा परेका थिए । उनी गत असोजदेखि नै हमासको कब्जामा रहेको बताइएपनि हालसम्म रिहा भएका छैनन् । नेपाल सरकारले उनको उद्धारको पहल भईरहेको बताएपनि ठोस प्रगति भने देखिएको छैन ।

यसअघि राजदूत गोडेरले गत असोजमा इजरायलमा आतङ्कवादी सङ्गठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग भेटघाट गरेका थिए । गत चैतमा आनन्द साहको घरमै पुगेर गोडेरले उक्त घटनाले आफूलाई दुखी बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्