Logo
Logo

जनकपुरमा जल्दै गरेको युवतीको शव भेटियो, घाइते बालिकाको पनि मृत्यु



काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिकै रहेको पोखरी डिलमा बुधबार राति अन्दाजी २२ वर्षीया युवतीको शव जलिरहेको अवस्थामा फेला परेको हो ।

युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी ६ महिनाकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।

प्रतिक्रिया दिनुहोस्