Logo
Logo

पोर्चुगलको समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर मृत भेटिए



काठमाडौं । गत चैत २४ गतेदेखि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो ।

उनको शव समुद्री किनारमा भेटिएको हो । उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला शव भेटिएको थियो । उनीहरु नाताले काका भतिज हुन् ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल पुगेका थिए । यस्तै चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर महिना दिन अघि मात्रै पोर्चुगल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्