
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले बिहीबार सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राखेका छन् ।
उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् । प्रदर्शनका क्रममा कृतु भण्डारीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा एक बालक समेत रहेका छन् ।