Logo
Logo

डा. अञ्जान शाक्य राष्ट्रियसभा सदस्य मनोनीत



काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सदस्यमा डा अञ्जान शाक्य मनोनीत भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम संखुवासभाकी शाक्यलाई मनोनित गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूतसमेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्