Logo
Logo
सुन तस्करी प्रकरण :

जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी



काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’बाट चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सीआईबी स्रोतका अनेसार एक महिना अगाडि नै एआईजी किरण बज्रार्चायले जीवन चलाउने र कमला रोकविरुद्ध डिफ्युजी नोटिस जारी गर्ने निर्णय गरेका थिए । ब्रेक सुभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएपछि चलाउनेविरुद्ध डिफ्युजन नोटिसका सीआईबीले पत्राचार गरेको थियो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्