Logo
Logo

थपिँदै मधेसमा दुई जना मन्त्री



काठमाडौं । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एक÷एक जना मन्त्री समावेश गरिने सरकारका प्रवक्ता एवं अर्थ मन्त्री संजय यादवले जानकारी दिए ।

उनले भने, ‘माओवादीबाट एक जना मन्त्री यस अघिदेखि नै हुनुहुन्थ्यो । एक जना थपेर दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री समावेश गरिने छ ।’

तर कुन मन्त्रालय र कसलाई मन्त्री बनाउने टुङ्गो भने लागेको छैन । माओवादी र एकीकृत समाजवादीले मन्त्रीको नाम पठाएपछि मन्त्रालयको टुङ्गो लगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्