Logo
Logo

देशको अर्थतन्त्र सुधारोन्मुख छः महाप्रसाद अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा आयोजित तस्रो एकाउन्टेन्ट सम्मेलनमा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । गर्भनर अधिकारीले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महंगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए ।

उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे । अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए ।

उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए ।

उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए ।

गभर्नर अधिकारीले भने, ‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण वाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र, मूल्यवृद्धि स्थिर छ ।’

उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । अधिकारीले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा काम गर्न सकिने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्