Logo
Logo

सुदूरपश्चिम सरकारमा एमाले सहभागी नहुने



कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सामेल नहुने भएको छ । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा तत्काल सामेल नहुने एमाले संसदीय दलले निर्णय गरेको छ ।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बसेको दलको बैठकले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीलाई समर्थन दिए पनि सरकारबाहिर रहने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा, स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्