Logo
Logo

कालीगण्डकीमा पाठेघर सम्बन्धी निःशुल्क शिविर हुने



स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा महिलाहरूको पाठेघर सम्बन्धी शिविर हुने भएको छ । कालीगण्डकी समाज दक्षिण कोरियाको आयोजनामा शुक्रवार कृष्णगण्डकी स्वास्थ्य चौकी छापमा र शनिवार बिर्घा स्वास्थ्य चौकी करेन्टडाँडामा स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका स्त्री तथा महिला रोग विशेषज्ञ डा. नविनकुमार श्रेष्ठ, गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ रेडियोलोजिष्ट डा. कृष्ण तिमिल्सिना, जनरल  लफिजिसियन डा. आविष्कार, जनरल फिजिसियन डा. विनयकोे समूहले निःशुल्क चेकजाँच तथा परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क जनरल औषधि वितरण लगायतका सेवा दिने छन् ।

शिविर बिहान ९ः३० बाट सुरु भइ दिउँसो ४ः३० बजे सम्म चल्ने छ । ‘हाम्रो चाहना समृद्ध समाज निर्माणको परिकल्पना’ भन्ने नारासहित सन् २०१५ मा स्थापना भएको कालीगण्डकी समाज दक्षिण कोरियाले विभिन्न उदाहरणीय काम गर्दै आएको छ । 

शिविरमा सहभागी भई स्वास्थ्य, समय र पैसाको बचत गर्न सम्पूर्ण महिला दिदीबहिनीहरुलाई अनुरोध गरेको आयोजकलाई उद्धृत गर्दै स्थानीय कमल गौडलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्