Logo
Logo

तीन सहसचिव सचिवमा बढुवा



काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बढुवा हुनेमा लोक सेवा आयोगबाट सिफारिस भएका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्