Logo
Logo

कुमारी बैंककाे नाफा १९.१२ प्रतिशत घट्यो



काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा १९.१२ प्रतिशतले घटेको छ ।
गत वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यसपटक भने १ अर्ब ५ करोड २७ लाख रुपैयाँ मात्रै आर्जन गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत बढेर ८ अर्ब ४२ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेर १० अर्ब ५५ करोड रुपैयाँ र सञ्चालन नाफा २१.६० प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.९७ प्रतिशत रहेकोमा यस वष बढेर ४.९५ प्रतिशत पुगेको छ ।

बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ६२ करोड रुपैयाँ छ । चैतसम्म बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३.९० रुपेयाँ घटेर ५.३५ रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६.५२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्