Logo
Logo

पूर्वमुख्यसचिव शाक्यको आज अन्त्येष्टि गरिँदै



काठमाडौं । बुधबार निधन भएका पूर्वमुख्यसचिव तीर्थमान शाक्यको आज अन्त्येृष्टि गरिँदैछ । शाक्यको अन्तिम दाहसंस्कार दिउँसो १२ बजे शंखमूल घाटमा गरिने रोटरी महेश बज्रचार्यले जानकारी दिए ।

शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको थियो । लोकसेवा आयोगका पूर्वअध्यक्ष समेत रहेका शाक्य ८१ वर्षको थिए ।

दिवंगत शाक्य रोटरी ३२९२ डिष्ट्रिकका पूर्वगभर्नर हुन् । शाक्यको पार्थिव शरीरलाई बिहीबार श्रद्दाञ्जलीका लागि रोटरीको कार्यालयमा राखिएको थियो । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यले लोकसेवा आयोगमा रहँदा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।

दुई छोरामध्ये एकजना अमेरिका भएकाले शाक्यको अन्त्येष्टिमा ढिलाइ भएको बज्रचार्यले बताए । अमेरिका रहेका उनका छोरा बिहीबार साँझ आइपुगेका छन् । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् । श्रीमतीको भने केही समयअघि मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्