Logo
Logo

लक्ष्मी सनराइजको नाफा २७.७० प्रतिशत बढ्यो



काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा २७.७० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यसपटक १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कमाएको हो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०३ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०१ प्रतिशत बढेर १० अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन नाफा ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ गरेको छ ।

बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा १.८२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ । साथै, बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्