Logo
Logo

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको परिचय खुल्यो



काठमाडौं । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाका मान बहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्