Logo
Logo

पहिलो बलमै नेपाललाई झड्का, भुर्तेल आउट



काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल आउट भएका हुन् ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो। आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्