Logo
Logo

सुन प्रतितोला एक लाख ३९ हजार ३ सय पुग्यो


441
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि छापावाला सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार एक हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्